संगठनको लक्ष्य, आधारभूत विचार, कार्यप्रणाली जति स्पष्ट हुन्छ त्यति नै काम प्रभावकारी र परिणाममुखी हुन्छ । एक मनले संकल्पवद्ध हुनको लागि सामूहिक शब्दावली विकास गर्नु महत्वपूर्ण हुन्छ । संगठनमा कार्यकर्ताहरूको विविधताको कारण, शब्दावली विकास गर्न अलिखित अभ्यासको साथै लिखित मार्गदर्शक हुनु पनि उपयोगी हुन्छ । नियमित, सामूहिक कार्यपद्धतिमा सहभागी भएर मात्र संस्कारको विकास हुन्छ यस पुस्तिकाले केवल बौद्धिक आधार प्रदान गर्ने मात्र काम गर्नेछ नेपाल शिक्षण परिषदको लक्ष्य, विचार, कार्यप्रणाली, कार्यक्रम, गतिविधि र कार्यप्रणालीलाई यस पुस्तिकामा विस्तृत रूपमा व्याख्या गरिएको छ यस पुस्तक कार्यकर्ताहरूको नित्य स्वाध्यायका लागि उपयोगी हुने र उनीहरूलाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *